काठमाडौं । गायक तथा संगीतकार योगेन्द्र उपाध्याय र गायिका बुनु परियारको स्वर रहेको ‘अरू कोही’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा योगेन्द्र उपाध्यायको संगीत, प्रशान्त सिवाकोटीको शब्द छ ।
संगीतकार संघका अध्यक्ष अष्ट लामा, उपाध्यक्ष शंकर थापा स्माइल, गीतकार डिपी खनाललगायत गीत संगीत क्षेत्रका बिभिन्न ब्यक्तिहरुले गीत सार्वजनिक गरेका हुन् । उनीहरुले शब्द, संगीत र स्वर तिनै पक्षको खुलेर प्रसंसा गरेका थिए ।
प्रेमभाव र भावनात्मक अनुभूतिलाई समावेश गरिएको गीतको भिडियोमा सुरज तामाङको निर्देशन छ । भिडियोमा योगेश दाहालको छायाङ्कन, सम्पादन तथा कलर ग्रेडिङ रहेको छ । भिडियोमा गायक उपाध्याय र गायिका परियारलाई नै फिचर्ड गरिएको छ ।
सिक्किमकी गायिका बुनु द भ्वाइस अफ नेपाल सिजन ७ मा सहभागी हुँदै नेपाली संगीतमाझ चर्चित छिन । त्यसैगरी, योगेन्द्र उपाध्याय गायक तथा सङ्गीतकारका रूपमा नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी द भ्वइस अफ नेपाल को म्युजिक एडभाइजरको भूमिकामा समेत आबद्ध छन् ।




