काठमाडौं । फिल्म निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी सुरु गरेका छन् । उनी फिल्म ‘बुलबुल’ र ‘भूठान’का निर्माता हुन् ।
थापाले कम्पनीको पोष्टमा भविष्यमा बन्न लागेको रोमान्टिक फिल्मको लागि नयाँ नायिका चाहिएको र सोको लागि फर्म भर्न आव्हान गरेका छन् । फर्म भर्नको लागि पोष्टमा क्यूआर दिईएको छ सो मार्फत सोझै फर्म वा वेवसाईटमा पुग्न सकिन्छ ।
सो फर्मको भर्नको लागि ईच्छुकले थरिथरि साईजका फोटोहरु र आफनो कामको १ मिनेटको छोटो भिडियो र बायोडाटा अपलोड गर्नुपर्ने हुन्छ । उनले अबको नायिका २२ देखि २७ वर्ष भित्रको हुनपर्ने पनि खुलाएका छन् ।
उनको नयाँ फिल्मको निर्देशक रामराजा दाहाल हुनेछन् । रामराजा दाहाल हाल अस्कर ईन्टरनेशनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल छन् भने उनले बिगतमा वशमा छैन मेरो मन,कसम हजुरको,गुरु दक्षिणा,नेपथ्य लगायतका फिल्मको निर्देशन गरेका थिए । उनी १२ वर्षपछि पुन निर्देशनमा फर्कन लागेका हुन् ।
उनका अनुसार २०८३ असार मसान्तसम्म फर्म भरिसक्नपर्ने र छानिएकाहरुको साउनभित्र अडिसन हुनेछ र वर्कशपमा राखिनेछ । दशैं लगत्तै फिल्म छायाँकन गर्ने लक्ष्य राखिएको छ ।
उनी आत्मविश्वासका साथ भन्छन् यसमा जो छानिन्छ उ भविष्यको सुपरस्टार नायिका बन्नेछिन् ।




