काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनीक पोस्टरमा हाँस्य कलाकार नारायण त्रिपाठीलाई फरक रुपमा प्रस्तुत गरिएको छ ।
प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् ।
हाँस्य कलाकारितामा निकै जमेका उनी ‘चमेलीको पोइ’ को सेकेन्ड लुक्स पोस्टरमा अर्धनग्न अबस्थामा छन् । उनको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।
पोस्टरमा फिल्मका प्रमुख कलाकार–सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन बिक्रम राई, रामनारायण उपाध्याय, सुदिप कुँवर र उमेश राईलाई पनि समेटिएको छ । यीबाहेक फिल्ममा प्रेमदेव गिरी, रबिन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह, रितु मल्ल ठकुरीलगायतको अभिनय छ ।
फिल्मको कथा पनि निर्देशक बोहरा स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन् । धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा छन् । कार्यकारी निर्मातामा उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपील आचार्य छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोडयुसर छिन् ।
सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,यमप्रसाद ओली र प्रदिपकुमार सापकोटा सहनिर्माता रहेको फिल्म मुस्ताङ,पोखरा र काठमाडौंमा खिचिएको हो । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।




