काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजना हुँदै आएको ‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को औपचारिक घोषणा भएको छ। आयोजक नितु श्रेष्ठका अनुसार सिजन ५ लाई विगतका संस्करणभन्दा अझ भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गरिने बताइन् । साथै, प्रतियोगिताले महिलाहरूको प्रतिभा, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
आयोजकले पूर्व मिस नेपाल उषा खड्गीलाई ब्रान्ड एम्बासडरका रूपमा समेत नियुक्त गरेको छ ।
आयोजक संस्थाका अनुसार प्रतियोगितामा नेपालभरका १८ देखि ४५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको अडिसन असार २७ गते आयोजना गरिनेछ भने ग्रान्ड फिनाले भदौ ६ गते सम्पन्न हुनेछ।
महिला सशक्तिकरण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनलाई मुख्य उद्देश्य बनाएको प्रतियोगिताको यस संस्करणमा ‘द कृश्माज कलेक्सन’ गहना साझेदार तथा ‘एभेन्टोज’ भोटिङ साझेदारका रूपमा आबद्ध भएका छन्।




