काठमाडौँ । निर्देशक चन्द्र पन्तद्वारा निर्देशित फिल्म ‘आ बाट आमा २’ को मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार बिक्री भएको छ।
आर्या इन्टरटेनमेन्ट प्रालिका तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको छ।
यसअघि नै यो फिल्मको प्रदर्शन अधिकार जापानका लागि ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेका छन्।
फिल्ममा पल शाह, मलिका महत, विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट,नरेन खड्का लगायतको को मुख्य भूमिका रहेको छ।
निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस फिल्मका मुख्य व्यवस्थापक (प्रोडक्सन म्यानेजर) करणसिंह रसाली हुन्। आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको नेपालमा वितरण ‘आरआर फिल्म्स’ ले लिएको छ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले लिएको छ।




