गौथलीको अमेरिका अधिकार बिक्री

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘गौंथली’को अमेरिका अधिकार बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले फिल्मको अमेरिका अधिकार खरिद् गरेको हो ।

फिल्मका तर्फबाट निर्देशक डा.कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ । निर्देशक रिजालले फिल्मको हाइप बढेसँगै ओभरसिज बजारबाट इन्टरनेसनल अधिकारका लागि माग बढेको बताए ।

नेपालमा रिलिज भएको एक हप्तापछि अर्थात् साउन ८ गतेबाट अमेरिकाका विभिन्न प्रमुख शहरहरूमा एकसाथ प्रदर्शन हुनेछ ।
फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।