काठमाडौं । कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘प्रिन्स’को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। सोमबार चलचित्रको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ।
रेकर्ड गरिएको गीतमा निर शाहकै शब्द, शम्भुजित बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। यसअघि फिल्मको पहिलो गीत शिव परियारको स्वरमा रेकर्ड भइसकेको छ।
रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मको पटकथा तथा संवाद पनि शिवम अधिकारीकै रहेको छ।
फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।




