काठमाडौं । फिल्म ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । सौगात बस्नेतको डेब्यू निर्देशनमा फिल्म बन्न लागेको हो । सौगातले फिल्मको थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरेका हुन् ।
सौगातले दीपेन्द्र के खनाल लगायतका निर्देशकसँग चिफ एडी र कार्यकारी निर्माताको भूमिकामा काम गरिसकेका छन् । थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको छ ।
जसमाथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । पोस्टरमा ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन छ । बस्नेतका अनुसार फिल्म साइकोलोजिकल मिस्ट्री थ्रिलरको हुनेछ ।
कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन ।




