थिम गीतमा ककाकिकी

काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थतालको शब्द र संगीत रहेको छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो ।

बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्ममा तृप्ति नाड्कर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ।

सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन्। फिल्मको छायांकन सुदीप बरालको टोलीले गरेको हो ।