देविकाले ल्याइन् रातो सारी झल्कियो बरिलै

काठमाडौं । गायिका देविका बन्दनाले ‘रातो सारी झल्कियो बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । गीतमा गायिकाहरू देविका बन्दनाका साथमा लोकदोहोरी गायिका शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ ।

गीतकार उषा शेरचनको शब्द रहेको गीतमा नरहरि प्रेमी उपाध्यायको संगीत, राकेश सोनीको संगीत संयोजन तथा मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रको छ ।

गीतको भिडियोमा बसुन्धरा भुसाल, चैत्य देवी, सुनिता कुँवर, गायिका मञ्जु पौडेल, अनिता यादवको अभिनय छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सृष्टि घिमिरेले गरेकी हुन् भने भिडियोको छायांकन देवराज आचार्यले गरेका हुन् भने सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन् । मेकअप टेकराज पाण्डेको रहेको छ ।