सोनाक्षीका पतिसँग रोमान्टिक अदिती

काठमाडौं । नेपापली फिल्मकी अभिनेत्री अदिती बुढाथोकी अभिनित हिन्दी म्युजिक भिडियो ‘फरिश्ता’ सार्वजनिक भएको छ । भिडियोमा अदितीले बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका पति बलिउड अभिनेता जहीर इकबालसँग अभिनय गरेका छन् ।

भिडियोमा जहीर र अदितीबीचको प्रेमिल भाव, आकर्षक प्रस्तुति र सशक्त केमेस्ट्रीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

गायक कमल खानको स्वर रहेको ‘फरिश्ता’ गीतको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ । फरहाद साम्जीको निर्देशनमा तयार भएको यस भिडियोमा समुन्द्री तटका मनमोहक दृश्यहरूमा जहीर र अदितीको रोमान्सलाई आकर्षक ढंगले उतारिएको छ । यो भिडियोहलाई हालसम्म १९ लाख बढीले हेरिसकेका छन् ।

अदितीले नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’ मा अभिनय गरेकी छन् ।