तीजलाई समीक्षा र मानसको यसपालीकाे तीज बरै मेलबर्नमा

काठमाडौं । गायिका समीक्षा अधिकारीले तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेको उक्त गीत गायक मानस राजकै युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

नेपअसले तयार गरेको तीज गीतको भिडियो मेलबर्नका रमणीय दृश्यमा छायांकन गरिएको छ । गीतको भिडियोमा पुजा क्षेत्री र सायद श्रेष्ठसहित गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का, आज्ञा राई, डिया अर्याल, श्रीया कँडेल, प्रिशा मास्के, प्रिसियस घिमिरे, अलिना मरासिनासहित बाल कलाकार प्रारम्भ गुरुङ र सन्सा खत्री फिचर्ड छन् ।

भिडियोमा नृत्य निर्देशन र निर्देशन सायद श्रेष्ठको रहेको छ । उनले मेलबर्न नेपाली कला, संस्कृति र भेशभूषाको प्रवद्र्धन गर्न यस्ता गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

निर्देशक श्रेष्ठ मेलबर्नमा रहेर नेपाल कलासँग जोडिएका विभिन्न विधामा सक्रिय छन् । यस्तै, तीज गीतमा अभिनय गर्न पाउँदा मोडल पूजा क्षेत्रीले पनि खुसी व्यक्त गरिन् । उनले नेपालमै रहेर तीज मनाएको अनुभव छायांकनका क्रममा भएको बताइन ।

गायक तथा सङ्गीतकार मानस राजले पहिलोपटक तीज गीत तयार गरेका हुन् । भिडियोमा जीवन रसाइली को छायांकन, दिन्सन शाहको सम्पादन र रङ्ग संयोजन रहेको छ । आइक्याच स्टुडियोमा पोस्ट प्रोडक्सन भएको भिडिओलाई नेपअसले तयार गरेको हो । प्रदीप दाहाल निर्माता, अन्जन घिमिरे प्रस्तुतकर्ता रहेको भिडिओ निर्माणमा आरएफएम फ्यास्लिटी म्यानेजमेन्ट, लेनवे डम्पिङस एण्ड मोमोले सहयोग गरेका छन् ।