काठमाडौं । आगामी असोज १६ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म ‘चंगुल’ संग घाइते जेनजी नेपाल संस्थाले सहकार्य गर्ने भएको छ । फिल्मको निर्माण कम्पनी रि एण्ड कि फिल्मसले फिल्मको रिरिज पछि आएको मुनाफाको केहि भाग घाइते जेनजीहरुलाइ सहयोगार्थ दिने भनि पठाएको प्रस्तावलाई घाइते जेनजी नेपालले उक्त सहकार्य स्विकार गरेको सस्थाका अध्यक्ष बादल रार्इद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
फिल्मले जेनजी आन्दोलनअघि र पछिको अवस्थालार्इ चित्रण गरेको छ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना र बालकलाकार रिम्शा कार्कीको अभिनय छ ।
फिल्मका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनको द्वन्द्व तथा दीपेन बस्न्यातको छायांकन तथा सम्पादन छ ।





