काठमाडौं । गायिका नीशा सुनारले हरितालिका तीज पर्वको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छिन् । नीशा सुनार र प्रकाश सपुतको स्वरमा तयार भएको यो गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।
भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ । विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छिन् । सुनिल वीकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी छ ।
गीतको भिडियोमा हरि हुमागाँइको डीओपी, प्रविण भट्टको सम्पादन छ । गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा सहकार्य गरेका हुन् ।





