काठमाडौं । आगामी असोज ९ गतेबाट रिलिज हुने फिल्म ‘जदौ’ को गीत ‘तिमीसँग नबोली’ आइतबार हाइटेक इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको छ । गीतमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरीको रोमान्सलाई देख्न सकिन्छ ।
किरण गजमेर र मनिषा सुनारको स्वर, गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेकोले अन्तरजातीय प्रेम सम्बन्धको बिषयलाई उठान गरेको छ । फिल्ममा निर्देशक लिम्बूकै स्क्रिप्ट लेखन छ ।
फिल्ममा नीति,प्रभातका साथमा मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारको अभिनय छ ।
श्याम तामाङका साथमा नवराज उप्रेतीको समेत छायांकन रहेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।
फिल्म समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो ।





