आ बाट आमा २ को दोस्रो पोस्टरमा नयाँ के छ ?

काठमाडौँ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर शुक्रबार सार्वजनिक गरिएको हो।

विजया दशमीको अवसर पारेर यहीँ असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको पोस्टरले दशैँको माहोलको झल्को दिन्छ। पोस्टरमा फिल्मका मुख्य पात्र पल शाहलाई मानसिक सन्तुलन गुमाएको झैँ देखिन्छन् भने विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल र मलिका महत भावुक छन् । दायामा बुबाको भुमिकामा रहेका प्रदीप स्कुटरमा कतै आइरहेका देखिन्छन् भने बाया पात्र कसैको खोजीमा देखिन्छन्।

फिल्ममा चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन छ । आर्या पन्तको प्रस्तुति रहेको फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको अभिनय छ ।

लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्। नवराज उप्रेतीको छायाङ्कन डिओपी बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्।