आ बाट आमा २ टिजरमा विपना र पलको मार्मिक माया

काठमाडौँ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली फिल्म ‘आ बाट आमा २’को टिजर सोमबार सार्वजनिक भएको छ । ३ मिनेट ३८ सेकेण्डको टिजरमा फिल्मका नायक पल शाह र नायिका मलिका महतको प्रेमसँगै बिरामी आमा विपना थापाप्रति पलको मायालाई देखाइएको छ । खासगरी विपना र पलको दृश्य र संवाद मार्मिक लाग्छ ।

विजया दशमीको अवसर पारेर यहीँ असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले आमा छोराबीचको कथालाई अगाडि बढाएको छ।

‘दशैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषयवस्तु बनाएको यो फिल्ममा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका छ ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्। नवराज उप्रेतीको छायाङ्कन डिओपी बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्।

ओएसआर डिजिटल,डिजिटल पार्टनर रहेको यस फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।