काठमाडौं । फिल्म ‘गौथली’निर्देशक डा. कपिल रिजाल फ्रान्सको रेड मुभी अवार्ड २०२६अन्तर्गत अटमन एडिसनमा बेस्ट डिरेक्टर(मेल)विधामा विजेता घोषित भएका छन् ।
अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार ‘गौथली’का लागि डा. रिजालले उक्त अवार्ड जितेका हुन्। यो फिल्म नेपालमा गत साउन १ गतेबाट रिलिज भएको थियो ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।







