ह्वीलचेयरमा भेटिइन् मरिस्का !

काठमाडौं । नायिका मरिष्का पोखरेलले निर्देशन गरेको दोस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । केही समय अघि गायक मुरारी गुरागाईको एक गीतको म्युजिक भिडियो निर्देशन गरेर भिडियो निर्देशनमा डेब्यु गरेकी मरिष्काले अर्को नयाँ भिडियो पनि निर्देशन गरेकी छन् ।

गीतकार होम न्यौपानेको शब्द तथा बिपी वाग्लेको गायन र संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियोमा मरिष्काको निर्देशक कला हेर्न पाइन्छ । मिसन इन्टरटेन्मेण्ट प्रालिले निर्माण गरेको मेलोडियस र सकारात्मक माया झल्काउने भिडियोमा नायिका मरिस्का पोख्रेल र दृश्य सुबेदीको अभिनय छ ।

भिडियोमा मरिस्काको दृश्यसँगको भेट, उनीहरुको प्रेमविवाह अनि घरमा दुर्घटनामा परेपछि ह्वीलचेयरमा मरिस्का बस्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा नविन भाट्टको सम्पादन छ । भिडियो मिसन इन्टरटेन्मेण्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो केही दिन भित्रै राष्ट्रिय टेलिभिजनमा प्रसारणमा आउने गीतकार न्यौपानेले बताए ।