यसकारण आयो पिँजडा ब्याक अगेन लिरिकल भिडियो

काठमाडौं । फिल्म निर्माण गरेपछि फिल्मको कथा बाहिर आउँछ कि भन्ने डर जोकोही निर्मातालाई पनि हुन्छ । आगामी माघ ४ गते रिलिज हुन लागेको निखिल उप्रेती अभिनित फिल्म ‘पिँजडा ब्याक अगेन’ले पनि यही कुरालाई बुझेर फिल्मको आइटम गीतको लिरिकल भिडियो मात्र बाहिर ल्याएको छ ।

फिल्मका निर्देशक हिमाल केसीले भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर आउने सम्भावनालाई मध्यनजर गर्दै निर्माण टिमले लिरिकल भिडियो मात्र बाहिर ल्याएको बताएका छन् । ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत भरेका छन् ।

गीतमा डा. कृष्णहरि बरालको शब्द छ । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् ।

फिल्ममा निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायत लिड रोलमा रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ । रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता रहेको फिल्ममा सह निर्मातामा रमेश सुवेदी र बाबुराजा सिह छन् ।