रेल गाडीमा देखिइन् पलकी बहिनी

काठमाडौ । नायक तथा मोडल पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा मार्फत अभिनयमा डेब्यु गरेकी छन् । गायक इश्वर लामाको स्वरमा रहेको ‘रेल गाडी’बोलको गीतको भिडियोमा उनलाई देख्न सकिन्छ । गीतमा अभिनाश घिसिङले पनि फिचरिङ गरेका छन् । गीतमा इरोजको संगीत छ ।

भिडियोमा रोशनीसँग अनुराग ठकुरीको अभिनय छ । गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले सँधै चल्तीका कलाकारलाई मात्र लिएर भिडियो निर्माण गर्नुभन्दा पनि नयाँ प्रतिभाहरुलाई स्थान दिनुपर्छ भन्ने मान्यताले आफुले यसपटक दुवैजना नयाँ कलाकार राखेको बताए । यसअघि सुवेदीले डान्सर शुसान्त खत्रीलाई लिएर बनाएको म्यूजिक भिडियो ‘मंगली’ सर्वाधिक चर्चामा छ, जसले रिलीजको पाँच दिनमा नै बीस लाख बढि यूट्युब भ्यूज पाईसकेको छ ।

भिडियोमा अनिक के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङको डान्स ग्रुप ‘साइनिङ डान्स ग्रुप’को समेत नृत्य रहेको छ ।