प्रताप भन्दैछन्ः लेखेँ एउटा गीत

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा दुई प्रेमीको बाल्यकालिन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको छ ।

हरि पराजुलीको शब्दमा सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमका कुराहरु प्रस्तुत गरिएको छ । गीतमा आमोङ तामाङको एरेन्ज, साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

केदार धितालको निर्देशनमा बनेको भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय हेर्न पाइन्छ । भिडियोमा बाल कलाकार बिराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ । भिडियोमा बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन छ । भिडियो के क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।