आँचललाई पाउन युवाको पत्र

काठमाडौं । नायिका तथा मोडल आँचल शर्माको व्यस्तता यतिबेला फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी देखिन्छ । पछिल्लो पटक फिल्म ‘शत्रु गते’मा देखिएकी आँचल त्यसयता म्युजिक भिडियोमा सक्रिय छिन् । यही परिप्रेक्ष्यमा उनी अभिनित नयाँ म्युजिक भिडियो ‘निवेदन’ सार्वजनिक भएको छ ।

गीतमा गुणराज श्रेष्ठको स्वर, बी पाण्डेको शब्द र सुवास भुषालको संगीत छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिडेको देखाइएको छ । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।