पहिलो प्रेममा रमाए सलोन–करिश्मा

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बाबु कान्छा’ प्रेमभावको गीत ‘मेरो पहिलो प्रेम’ सार्वजनिक भएको छ । गीतमा सलोन बस्नेत र करिश्मा श्रेष्ठले फिचरिङ गरेका छन् । गीतमा सुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ ।

टंक बुढाथोकीको संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । लमजुङको घले गाउँमा खिचिएको गीतमा हिमालको रमणीय दृश्य देख्न सकिन्छ । फिल्ममा सलोन र करिश्मासँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, सुशान्त श्रेष्ठ, विक्रम कंडेलको अभिनय छ ।

फिल्ममार्फत अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गरेका छन् ।  शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार फिल्म सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता छन् ।