आत्मकथा लेख्दै सञ्जय दत्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्त फिल्म ‘सञ्जू’ पछि आत्मकथा लेख्ने भएका छन् । उनले पुस्तक आगामी वर्षको आफ्नो जन्मदिन अर्थात २९ जुलाईमा पुस्तक सार्वजनिक गर्नेछन् ।  यो आत्मसंस्मरणलाई हार्पर कोलिन्सको सहयोगमा प्रकाशन गरिनेछ ।

आत्मकथामा सञ्जयको पेशावार उपलब्धिसँगै उनको जीवनमा आएको उतार चढावलाई लेखिनेछ । ‘मैले एउटा असाधारण जीवन बाँचेको छु । जुन जीवन उतारचढाव, सुख र दुःखले भरिएको छ । मेरा लागि पाठकलाई बताउनुपर्ने धेरै रोचक कथा छन् । जुन मैले आजसम्म कसैलाई भनेको छैन । म आफ्नो सम्झनालाई पाठकमाझ बाड्न उत्साहित छु ।’ सञ्जयले भनेका छन् ।

उनले पुस्तकमा फिल्म ‘रकी’मा अभिनय गर्दा ताका आमा नरगिस गुमाएको क्षण, दुव्र्यसनको लडाई, कैयौं महिला साथीसँगको अलग क्षण, कानूनी झमेला, जेल जीवनलगायतका विषय समेटिनेछन् । प्रकाशक हार्पर कलिन्स इण्डियाका अनुसार पुस्क पढेपछि सञ्जयको आत्मा पाठकले बुझ्नेछन् ।