आर्यनको आँखाको फ्यान भइन् साम्राज्ञी

काठमाडौं । नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ आगामी साउन १८ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा आर्यन र साम्राज्ञी पहिलोपटक स्क्रिन शेयर गर्दैछन् ।

अनमोल केसी, आकाश श्रेष्ठ, सलिनमान बनिया हुँदै धिरज मगरसम्मका युवा पुस्ताका नायकसँग रोमान्स गरिसकेकी साम्राज्ञी यी नायकभन्दा आर्यनमा विशेष गुण देख्छिन् । ‘अन्य नायकहरुलाई अभिनयको टिप्स दिनुपथ्र्यो । तर आर्यन दाईको आँखाबाटै अभिनयको टिप्स पाइन्थ्यो । उहाँको आँखाको भाखा बुझेर अभिनय गर्दा मलाई निकै सजिलो भयो ।’साम्राज्ञीले भनिन् ।

आर्यन पनि साम्राज्ञीको विन्दास शैलीको फ्यान बनेका रहेछन् । ‘साम्राज्ञीलाई मैले भेटेर फिल्मको कथा सुनाउँदा उनी शुरुमै फिल्म खेल्न राजी भइन् । सुटिङको समय बताउँदा उनले आफ्नो दिदीको विवाह परेको छ भनिन् । तर केही छिनमै उनी विवाहको मतलबै नगरी सुटिङमा आउँछु पो भनिन् ।’ आर्यनले भने ।

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ, रोजी कायी पाब्लोको अभिनय छ ।