बर्खाको पानीमा खुल्यो सोनिकाको जवानी

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको ‘बर्खाको पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिनासँगै राजेन्द्र बजगाईंको स्वर छ । जीवन लुइँटेलको शब्द तथा राजेन्द्र बजगाईंको सगीत रहेको सार्वजनिक गीतलाई पुरुषोतम न्यौपानेले एरेन्ज गरेका छन् ।

युट्युबमा कार्यक्रम प्रस्तोता रहेकी मोडल सोनिका रोकायको अभिनय रहेको भिडियोमा सोनिकासँग सुरज श्रेष्ठले रोमान्स गरेका छन् । भिडियोमा सोनिकालाई निकै हट देखाइएको छ ।

भिडियोलाई गीतकार जीवन लुइंटेलले निर्देशन गरेका हुन् । माला मगर कोरियोग्राफी रहेको गीतलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् । भिडियोमा अमृत चापागाईंको सम्पादन छ ।