क्षितिजको माखेसाङ्लोमा ग्रिनकार्ड पिडा

काठमाडौं । चितवन घर भई हाल अष्ट्रेलियामा बसोबासरत गायक क्षितिज सापकोटाले ‘माखेसाङ्लो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा स्टाफ नर्स पढ्ने केटीलाई प्रेमजालमा पारी उसकै डिपेन्डेन्टमा अष्ट्रेलिया जाने सपना देखेका क्षितिजले आफ्नो योजना विपरित केटीलाई ग्रिनकार्डधारी युवक माग्न आएपछिको पीडा पोखेका छन् ।

प्राय नेपाली युवाहरुको लागि आकर्षक गन्तव्य मानिने अष्ट्रेलिया पुग्न नेपाली युवाहरुले अपनाउने एउटा उपायलाई गायक सापकोटाले गीतमा उतारेका छन । क्षितिज सापकोटाको शब्द संगित र स्वरमा सजिएको गीतको भिडियोमा रविन्द्र बरालको छायांकन र निर्देशन छ । भिडियोमा पुष्प, नग्मा, मिलन र बसन्तले अभिनय गरेका छन् ।