चंगाचेटमा दाम विनाको प्रेम

काठमाडौं । आगामी कात्तिक १६ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘चंगाचेट’को पहिलो गीत ‘गोजीमा दाम छैन’ सार्वजनिक भएको छ । प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर, राजनराजको संगीत तथा हरिहर तिमिल्सिनाको शब्द छ । गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, सुरक्षा पन्त, रविन्द्र झा, परमिता राणालगायतको अभिनय छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको फिल्ममा दिर्घ खड्काको सम्पादन, निरज कँडेलको छायांकन छ । दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा माधव वाग्ले र शर्मिला पाण्डे निर्माता छन् ।