छिरिङ टिजरमा निमा ‘घाइते बेहुला’

काठमाडौं । आगामी असोज १२ गतेबाट रिलिज हुने फिल्म ‘छिरिङ’को टिजर सार्वजनिक भएको छ । गायक निमा रुम्बा र यशकुमार अभिनित फिल्मको टिजरमा गायक निमा रुम्बालाई घाइते बेहुलाका रुपमा प्रस्तुत गरिएको छ । तर उनी के कारणले घाइते भए भन्ने थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

टीजरमा हिमालपारिको थलो मुस्ताङको पठारको लोकेसनलाई देखाइएको छ । फिल्मले लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई प्रस्तुत गरेको छ ।फिल्म ‘कागबेनी’ पछि निमा ‘छिरिङ’मार्फत कमव्याक हुँदैछन् । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् ।

दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व नै फिल्मको कथावस्तु हो । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।