दैलोकी पवनलाई लाग्यो कुतु कुतु

काठमाडौं । आगामी कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘दैलो’को ‘लाग्यो मलाई कुतु कुतु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गा साउदको स्वर रहेको गीतमा विमल भट्टराइको शब्द, लक्ष्मीप्रकाश मल्लको संगीत छ । आइटम फ्लेबरको गीतमा पवन पाठकको अभिनय छ ।

फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापाँगाई, दिपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्य, प्रदिप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगानाको अभिनय छ ।

सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अर्जुन उप्रेती र यसोधा उप्रेतीको लगानी छ भने निलम उप्रेती यसको कार्यकारी निर्मात्री हुन् । फिल्ममा तारा थापाको सम्पादन, विमलकुमार भट्टराईको छायांकन छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ ।