महेशको मनमा महिमालाई माया

काठमाडौ । गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । एक दर्जन भन्दा बढी तामाङ सेलो, भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन ।

उनले ‘एक्लो एकान्तमा’, ‘यो मनले तिमीलाई मन पराइसक्यो’, ‘म त आए सुन प्रिय’लगायतका गीतमा स्वर दिइसकेका छन् । फिल्म ‘मेरो प्यारो भाई’ र ‘जन्जीर’लगायत आधा दर्जन फिल्मका गीतमा पनि उनको स्वर सुन्न सकिन्छ ।

भिडियोमा महिमा सिलवाल र महेश दुधराजले फिचरिङ गरेका छन् । भिडियोमा हरि वाग्लेको निर्देशन, रवि कोइरालाको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन छ । भिडियोलाई ओस्कार फिल्मले बजार व्यवस्थापन गरेको छ ।