गुनगुनमा सञ्चिताको सीमाविहिन माया

काठमाडौं । आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘गुनगुन’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको शीर्ष पात्र सञ्चिता लुँइटेलको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ ।

राजधानीमा मंगलबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका कलाकार सुवास मेचेले फिल्ममा आफूहरुले निकै मेहनत गरेकाले दर्शकले मनपराउने विश्वास व्यक्त गरे । फिल्मका निर्देशक र निर्मातासँगै कलाकारसमेत रहेका पुकारले पनि आफ्नो अनुभवले फिल्म तयार गरेको बताए । ‘कथा सामाजिक नै हो । प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोशिस छ’ भट्टराईले भने ।

प्रार्थना फिल्म्स्को प्रस्तुतिमा तयार भएको फिल्ममा सञ्चिता लुँइटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।