सय बढी हलमा अशोकको जय भोले

काठमाडौं । मंगलबार अर्थात फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जय भोले’ मुलुकका सय बढी हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक अशोक शर्माका अनुसार फिल्म मुलुकका १ सय २५ हलमा प्रदर्शन हुनेछन् ।

अशोकले केही हलमा फिल्मको शो बाँडिने भए पनि अधिकांश हलमा सोलो रुपमा फिल्म लाग्ने बताए । फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी, निर्देशक अशोक शर्मासहितको अभिनय छ ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र राजनराज शिवाकोटीको संगीत छ । फिल्म झापा र इलामका रमणीय लोकेशनमा छायांकन गरिएको छ । फिल्मको ट्रेलर र गीतले चर्चा पाइरहेको छ ।