रिचर्ड नयाँ जेम्स बोण्ड ?

लसएञ्जल्स(एजेन्सी) । हलिउड फिल्म ‘गेम अफ थ्रोन्स’मा उत्तरको राजा रोब स्टार्कको भूमिका निभाउने रिचर्ड मेडेन आगाम जेम्स बोण्ड बन्ने निश्चित प्रायः भएको छ । फिल्म ‘गेम अफ थ्रोन्स’मा स्टार्कको मृत्यु अघि उनी शोको एक महत्वपूर्ण सदस्य थिए । फिल्म ‘जेम्स बोण्ड’को सिरिजबाट वर्तमान जेम्स बोण्ड डेनियल क्रेग हट्ने समाचार आएपछि उनको स्थान रिचर्डले लिने निश्चित भएको हो ।

पत्रिका द सनको एक समाचार अनुसार रिचर्डलाई ब्राण्ड सिरिजको आगामी फिल्ममा जेम्सको भूमिकाको दाबेदारका रुपमा हेरिएको छ । बोण्डको २५ सिरिजका लागि डेनियललाई करिब ५० मिलियन पाउण्ड अर्थात ४ सय ५० करोड रुपैंयाँको अफर गरिएको छ । यो फिल्मका लागि छानिएका प्रमुख कलाकारलाई फिल्ममा कार्यकारी निर्माताको क्रेडिट पनि दिइनेछ ।

जेम्स बोण्डको पछिल्लो सिरिज ‘स्पेक्ट्रे’का लागि डेनियललाई ३७ मिलियन पाउण्ड अर्थात ३ सय ३३ करोड रुपैंयाँ दिइएको थियो । फिल्मको सुटिङ शुरु हुने घोषणा ट्वीटरमा गरिसकिएको छ ।