मध्य मंसीरमा कामना अवार्ड

काठमाडौं । सिने पत्रिका कामनाले सिजी इन्टरटेनमेन्टसँग सहकार्य गर्दै आयोजना गर्न लागेको चौथो संस्करणको ‘सिजी कामना फिल्म अवार्ड’ आगामी मंसीर १५ गते हुने भएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीसहित कुल ३२ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ लक्स स्टार अफ द इयर विधामा अवार्ड प्रदान गरिनेछ । लक्स स्टार अफ द इयर विधाको मनोनयनमा प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, स्वस्तीमा खड्का र आना शर्मा परेका छन् । यो विधामा एसएमएस भोटिङका आधारमा विजेता चयन गरिने आयोजकले जनाएका छन् ।

कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन्। त्यसै गरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरी, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्पm ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट नीता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन्।

मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १४ विधाको मनोनयनमा परेको छ। दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगारको लागि मनोयनमा परेको छ। यो चलचित्रबाट हास्य कलाकार विधामा २ कलाकार केदर घिमिरे र जयनन्द लामा मनोनयमा परेका छन्। छक्का पञ्जा २ लाई पछयाउँदै कृ १३ र ए मेरो हजुर २ एघार विधाको मनोयनमा परेका छन्।

कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नव अभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द निर्देशन र श्रृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर २ नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयमा परेको छ ।

सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन् । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ। उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ। ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ।