मुम्बई(एजेन्सी) । भारतको उत्तर प्रदेशको जौनपुरमा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’का निर्माता, निर्देशक तथा कलाकार आमिर खानका विरुद्ध जाति विशेषको अपमान गरेको भन्दै अदालतमा मुद्धा परेको छ । उनीहरुलाई जाति विशेषको अपमान गरेर मानहानी गरेको तथा उनीहरुको भावनामा ठेस पु¥याएको भन्दै मुद्धा परेको हो । अदालतमा मुद्धा दायर गर्ने अधिवक्ता हंसराज चौधरीलाई बयानका लागि नोभेम्बर १२ मा बोलाइएको छ ।
अधिवक्ता हंसराज चौधरीले ‘ठग्स आफ हिन्दुस्तान’ का निर्माता आदित्य चोपडा, निर्देशक विजय कृष्णा, अभिनेता आमिर खानका विरुद्ध मुद्धा दर्ता गराएका हुन् । प्रदीप निषाद, बृजेश निषाद, संजीव नागर, मनोज नागरले सामाजिक सञ्जालमा राखिएको फिल्मको ट्रेलरमा आफ्नो जातिमाथि खराब शब्द राखिएको थाहा पाएपछि उनीहरुको पहलमा मुद्धा दर्ता भएको थियो ।
मुद्धामा फिल्मको कथा कानपुर जिल्लाको भए पनि फिल्मको नाम ‘ठग्स आफ हिन्दुस्तान’ राखिनु फिल्मकर्मीको खराब नियत रहेको उल्लेख गरिएको छ । फिल्ममा आमिर खानलाई फिरंगी मल्लाह नामले बोलाइएको छ ।
दुई दिन अघि मात्र फिल्मको नाम बदल्न र मल्लाह अघि फिरंगी शब्द हटाउन निषाद समाजका मानिसहरुले जिल्ला अधिकारीमार्फत राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएका थिए । आमिरको फिल्म ‘ठग्स आफ हिन्दुस्तान’ एक अंग्रेजी उपन्यासकारको उपन्यासमा आधारित छ । जो स्वतन्त्रताको पूर्व स्वतन्त्रताको फ्यानलाई आतंकवादी ठग भन्दथे । फिल्ममा १७९५ को घटना देखाइएको छ ।