विवाह अघि नै विवाह बिमा !

मुम्बई(एजेन्स) । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह बुधबारबाट विधिवत रुपमा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरु इटलीको लेक कोमोमा एकअर्कालाई पतिपत्नीका रुपमा स्वीकार्दैछन् । उनीहरुको विवाहका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

विवाह हुने समय नजिकिएपछि यो जोडीले विवाह बिमा गराएका छन् । उनीहरुले विवाह विमा किन गर्नुप¥यो भन्ने विषयमा सबै चकित छन् । दीपिका र रणवीरको विवाहको कार्यक्रम १२ नोभेम्बरदेखि १६ नोभेम्बरसम्म इटलीको लेक कोमोमा हुनेछ ।

विवाह बिमाको नीति अनुसार पाँच दिनको वैवाहिक कार्यक्रममा कुनै हानी नोक्सानी भएमा त्यसवापतको रकम विमा कम्पनीले दिनेछ । तर यो जोडीले कति रुपैंयाँको बिमा गरे भन्ने केही पनि खुल्न आएको छैन ।

सरकारी बिमा कम्पनी ओरिएन्टल इन्स्योरेन्सले दीपिका र रणवीरको विवाहको बिमा गराएको हो । कम्पनीले यो नीति रणवीर सिंहको नाममा जारी गरेको छ । कम्पनीका अनुसार यो जोडीले डेस्टिनेशन वेडिङ अनुसार बिमाको कदम उठाएका हुन् ।