भुटानी शरणार्थीको पीडा सुनाउँदै बाबु

काठमाडौं । गायक बाबु बोगटीले दुई दशक भन्दा बढी नेपालमा शरणार्थी जिवन बिताएका र अहिले नेपाल बाहिर यूरोप अमेरिकामा जिवन बिताईरहेका भुटानी समाजको व्यथालाई गीतमा प्रस्तुत गरेका छन् । उनले आफ्नै शब्द, संगीत र स्वरमा ‘हामी नेपाली भाषी भुटानी’बोलको लिरिकल भिडियो गीत श्रोतामाझ ल्याएका हुन् ।

गीतमा मोहित मुनालको एरेन्ज छ भने लिरिकल भिडियो राजेश शाहले तयार पारेका हुन् । ‘बाल्यकालदेखि नै भुटानी समुदायसँग नजिक थिएँ । म पढ्ने स्कुलमा धेरै विद्यार्थी तथा शिक्षक भुटानी थिए । त्यसैले भुटान रहँदादेखि अमेरिका–यूरोप यात्रा सम्मको जिवन संघर्ष केही बुझेकोले यो गित बनाएँ ।’ उनले भने ।

गायक बाबुले गितमा पुर्खाको निशानी कहिल्यै नभुल्ने, नेपाल रहँदाको भोगाई र जहाँ भए पनि आफ्नो कला संस्कृति तथा भाषा नभुल्ने कुरालाई गीतमा प्रस्तुत गरेका छन् ।