मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ को हालैमात्र अफिसियल फष्टलुक सार्वजनिक भइसकेको छ । सलमानले आफै इन्स्टाग्राम एकाउण्टमा फष्टलुक पोष्ट गर्दै सार्वजनिक गरेका हुन् । तस्बिरमा सलमान र नायिका कटरिना कैफलाई बाघा बोर्डरको गेट नजिकै उभिएको देखिएको छ ।
बलिउडमा ‘भारत’को फष्टलुकको तारिफ भइरहँदा अहिले फिल्मकै विषयमा नयाँ विवाद शुरु भएको छ । फिल्मका सहअभिनेताले पारिश्रमिकको विषयलाई लिएर फिल्मको सुटिङ नगर्ने निर्णय लिएका छन् ।
‘सलमानको फिल्ममा दैनिक ज्यालामा काम गर्ने कलाकारलाई दैनिक ज्याला स्वरुप ३ सय ५० रुपैंयाँको चेक दिइएको थियो । तर चेक साट्न जाँदा चेक नै बाउन्समा परेपछि उनीहरु समस्यामा परेका छन् । त्यही कारण पनि उनीहरुले सुटिङ गर्न अस्वीकार गरेका छन् । दुई दिनपछि केही कलाकारले पैसा पाए पनि बाँकीको समस्या उस्तै छ ।’ फिल्म सम्बद्ध स्रोतले भन्यो ।
यो फिल्मको निर्देशन अली अब्बासले गरिरहेका छन् । फिल्मको बजेट २ सय करोड छ । फिल्म सन् २०१९ जुन ५ मा रिलिज हुँदैछ । यो फिल्म पनि सलमानका अघिल्ला फिल्मजस्तै इदको अवसरमा रिलिज हुँदैछ ।