कस्तो माया लगाइन् गुञ्जनले

काठमाडौं । अमेरिकामा बस्दै आएकी गायका गुञ्जन उपाध्यायले ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छन् । बाल्यकालमा धेरै गीत, भजन र केहि गीत रेकर्ड गराएकी उनले यो गीतकिो रेकर्डिङदेखि म्यूजिक भिडियो छायांकन र सम्पादनको सबै काम अमेरिकामा नै गरिएको छ ।

गीतमा गुञ्जनका पिता तुङ नेपालको शब्द तथा संगीत छ । नेपालमा रहँदा विभिन्न विद्यालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत, संस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत, वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन्

सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङको अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।