अलिशाको प्रेममा लठ्ठिए सुनिल

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर, संगीत रहेको गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ । साहस शाक्यको संगीत संयोजन रहेको गीतको भिडियो डीआर म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल र अलिशा शर्मा फिचरिङ छन् । बुद्ध थापाको छायांकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ । डीआरको ‘नशालु’ एल्बमा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ ।

साहित्यकार तथा गीतकार डीआर उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम बजारमा ल्याएका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो ।

उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो । साहित्यकार डीआरका बिटुली, स्वार्थी, त्यागी, अपवित्र छायाँ, वज्रघात, भाग्यचक्र र अतिरिक्त जस्ता उपन्यास यसअघि नै पाठकमाझ आइसकेका छन् ।