हरिहरको अंगालोमा क्रिष्टिनको प्रेमभाव

काठमाडौं । नवकलाकारद्वय हरिहर अधिकारी र क्रिस्टिन पौडेललाई फिचराइज गर्दै फिल्म ‘शुभ लभ’को फस्टलुक सार्वजनिक भएको छ । युवा ज्योतिषका रुपमा परिचित हरिहर र नायिका क्रिस्टिनको यो डेब्यु फिल्म हो । फष्टलुकमा हरिहरले क्रिस्टिनलाई एक हातले अंगालोमा लिएर अर्को हातले छाता उचालेको देख्न सकिन्छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् । आगामी चैत्र १५ गतेबाट रिलिज हुने फिल्ममा निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीको निर्देशन छ । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको अभिनय छ । फिल्ममा निर्माता प्रदीप अतिथि भूमिकामा छन् ।

फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।