पात्रको द्वन्द्वमा अनागत टिजर

काठमाडौं । दुई वर्ष अघि निर्माण भएको फिल्म ‘अनागत’को टिजर सार्वजनिक भएको छ । आगामी माघ ११ गतेलाई रिलिज मिति सार्वजनिक गर्दै निर्माण युनिटले फिल्मका प्रमुख तीन पात्र प्रियंका कार्की, अर्पण थापा र प्रविण खतिवडाबीचको द्वन्द्वलाई प्रस्तुत गरेर टिजर सार्वजनिक गरेको हो ।

साम्तेन भुटियाले निर्देशन गरेको फिल्ममा प्रियंका र अर्पण थापा श्रीमान–श्रीमतिको भूमिकामा छन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्ममा बाल कलाकार रोशिन सुवेदीको पनि अभिनय छ । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

फिल्ममा समीर उपाध्याय, चन्द्रकुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया निर्माता छन् । फिल्ममा सिसन बानियाको छायांकन, चन्द्रकुमार झाको कथा र प्रवचन श्रेष्ठ र भुटियाको पटकथा छ ।