अतितको नजरमा साया पुरानो रक्सी !

काठमाडौं । उपन्यासकार सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अतितको भूमिकामा रहेका आशिष पिया र सायाको भूमिकामा रहेकी रेवती क्षेत्रीबीचको प्रेम र उनीहरुको प्रेममा आउने वाधा अवरोधलाई देखाइएको छ ।

माघ २५ बाट प्रदर्शनमा आउने फिल्मका निर्देशक मुस्कान ढकालले पाठकले पुस्तकमा पढेकै कुरालाई पर्दामा उतारिएको बताए । उनले साया र अतितको चरित्रलाई पर्दामा दुरुस्तै उतारेको दाबी गरे ।

फिल्ममा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओमप्रतिक, मानस थापालगायत लिड अभिनयमा छन् । फिल्ममा सामिप्यराज तिमिल्सेनाको पटकथा, सुबिन र सामिप्यको संवाद, अर्जुन जिसीको सम्पादन, सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन छ ।

फिल्मका निर्मातामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी छन् भने कार्यकारी निर्मातामा विनोद अधिकारी रहँदा सोपन सरकार र मनोज बिक सह निर्माता तथा एकराज तामाङ लाइन प्रोड्यूसर छन् ।