मनाङ्गेको फिल्ममा शिशिरको एक्सनकट

काठमाडौं । प्रदेश नम्बर ४ ‘ख’का प्रदेश सभा सांसद राजीव गुरुङ ‘दीपक मनाङ्गे’ले निर्माण गर्न लागेको नयाँ फिल्मको निर्देशन शिशिर राणाले गर्ने भएका छन् । हालसम्म नाम फाइनल भइनसकेको यो फिल्मका लागि शिशिरले बुधबार मनाङ्गेसँग सम्झौता गरेका हुन् ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा श्यामबहादुर थापा प्रस्तुतकर्ता हुनेछन् । कलाकार फाइनल नभइसकेको फिल्ममा रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहनेछन् । फिल्मले विवाह पछिको दम्पतिको प्रेमकथा भन्नेछ ।

फिल्मको १ गीत रेकर्ड भैसकेको छ भने स्क्रिप्ट पनि अन्तिम चरणमा छ । ‘फिल्मको कथा विवाह पछिको प्रेम भएकाले पाको उमेरका कलाकार खोजिरहेका छौं’, निर्देशक राणाले भने । फिल्म चैत अन्तिममा फ्लोरमा जानेछ ।