जिंगलमा खुलेका आशिष–रेवती

काठमाडौं । आगामी माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘समर लभ’ यतिबेला मोफसलमा फिल्मको प्रचारमा व्यस्त छ । पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म पुगेको फिल्म युनिट फिल्मका प्रमुख कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।

प्रचारप्रसारको बीचमा फिल्ममा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिंगल सार्वजनिक गरेको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक गीतमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् ।

मुस्कान ढकाल निर्देशित फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् । फिल्ममा विनोद अधिकारी कार्यकारी निर्माता र एकराज तामाङ लाईन प्रोड्यूसर छन् ।फिल्ममा सोपन सरकार र मनोज बिक सह–निर्माता छन् । फिल्ममा आशिष र रेवतीको साथमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायत अभिनयमा छन् । फिल्म सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित छ ।