ललितलाई सघाउन रमेशको गोठालो दाईले

काठमाडौं । इलामे गायक रमेश बोखिम राईले सामाजिक कामका लागि नयाँ गीत ‘गोठाले दाईले’ सार्वजनिक गरेका छन् । उनकै शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत छ ।

गायक राईले इलाम रोङ गाउँपालिका–२ शान्तिपुर बदमटार निवासी ललित तामाङको दुबै मृगौलाले काम नगरेपछि उनको उपचारका लागि आर्थिक सहयोग जुटाउन गीत ल्याएको बताए ।

जेडी तमुले निर्देशन गरेको गीतको भिडियोमा पर्वत गुरुङ र अलिशा गुरुङको अभिनय छ । भिडियोमा दीपेन गुरुङको छायांकन, अलिशा गुरुङको मेकअप र सुजन गुरुङको सम्पादन छ । भिडियोलाई टंक बुढाथोकीकै च्यानलबाट सार्वजनिक गरिएको हो ।