चैतमा अनुपको कप्स

काठमाडौं । नायक अनुपविक्रम शाही स्टारर फिल्म ‘कप्स’ चैत ८ गते बाट प्रदर्शनमा आउने भएको छ । सम्राट सापकोटाको निर्देशन रहेको फिल्ममा अनुपविक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लुविक्रम थापा, अनुपमा भण्डारी, रोशन सुबेदीलगायतको अभिनय छ ।

राम शाक्य प्रस्तुतकर्ता रहेको फिल्म आर्या मुभिज र सारा श्री मुभिजको निर्माणमा बन्नेछ । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । फिल्मको एक गीतको छायांकन साइप्रसमा गरिएको थियो ।