हङकङमा रुचाइयो शान्ति

काठमाडौं । सामाजिक पारिवारिक कथाबस्तु रहेको फिल्म ‘शान्ति’ यतिबेला हङकङमा प्रदर्शन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म हङकङस्थित यामतेइ कम्युनिटी हलमा प्रदर्शन भइसकेको छ । थेवे समाज हङकङले फिल्म प्रदर्शनको चाँजोपाजो मिलाएको हो ।

आइतबार मात्र ताप्लेजुङ समाज हङकङ र होटल याक एण्ड यतिले संयुक्त रुपमा हङकङको याक एण्ड यति होटलमा फिल्म प्रदर्शन गरिसकेको छ । फिल्ममा दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ । उनका अनुसार फिल्मलाई हङकङका अन्य स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको छ ।

निर्देशक लिङ्देनले फिल्मले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थता, नारीको संवेदनशिलता जस्ता विषयलाई समेटेको बताए । उनका अनुसार हङकङमा रहेका नेपाली दर्शकले मनपराएका छन् ।  फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।

कविता राई लिङ्देन प्रस्तुतकर्ता, बसन्त थेबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पाश्र्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ ।  पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।